नेपाल मगर संघका भुपू अध्यक्ष, आदिवासी जनजाति आन्दोलनका शिखर पुरुष स्वर्गिय नेता गोरे बहादुर खपाङ्गी मगर

0
2126

नेपाल मगर संघका भुपू अध्यक्ष, पुर्ब मन्त्री, जनजाति आन्दोलनका शिखर पुरुष स्वर्गिय नेता गोरे बहादुर खपाङ्गी मगर :

gore-bahadur-khapangi

नेपाल मगर संघ, नेपालका भुपू अध्यक्ष एवं आदिवासी जनजाति आन्दोलनका शिखर पुरुष स्वर्गिय नेता गोरे बहादुर खपाङ्गी मगरको उपचारको क्रममा काठमाण्डौ वासवारीको न्युरो अस्पतालमा ७० बर्षको उमेरमा,  उपचारकै क्रममा उहाको २०७३ भदौ ११ गते शनिबार बेलुकी १० बजेर २२ मिनेट जादा अस्पतालमै मृत्यु भएको हो । २०५९ साल भाद्र २२ गते तत्कालिन पुर्ब राजा ज्ञानेन्द्र शाहको पालामा खपाङ्गी ८ महिना सम्म महिला तथा बालबालिका मन्त्री बन्नुभएको थियो ।


‘जवसम्म यो देशका आदिवासीहरु चिरनिन्द्राबाट उठ्न सक्दैनन्, तवसम्म देशको लोकतन्त्र पनि दीगो हुन सक्दैन ।’ – नेपाली राजनीतिमा आदिवासी जनजाति अभियन्ता गोरेबहादुर खपाङ्गी


२०७० साल बैशाख १२ गते काठमाण्डौ राष्ट्रिय सभागृहमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सबमा सहभागी हुन जाने क्रममा खपाङ्गीलाई प्रदर्शनी मार्गमा मोटरसाईकलले ठक्कर दिई गंभिर घाईते बनाएको थियो । दुर्घटना पछि नै अर्धचेत हुनु भएका पुर्ब मन्त्री खपाङ्गीको माईतीघर स्थित अन्नपुर्ण न्युरो अस्पतालमा पहिलो सल्य कृया गराईएको थियो । शल्यकृया पछि पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि उहालाई सिंगापुर लगी थप उपचार गरिएको थियो । दुर्घटना पछि नै उहा बोल्न र चल्ल समेत नसक्ने हुनुभएको थियो । २००३ साल श्रावण २५ गते उदयपुरको थाक्ले गा.वि.स को जलेकेनीमा वावा अम्रित बहादुर र आमा पदममायाको कोखबाट जन्मिनुभएका गोरे बहादुर नेपाल मगर संघको सस्थापक हुनुहुन्थ्यो । २०४८ साल देखि निरन्तर सम्म ४ कार्यकाल मगर संघको अध्यक्ष बन्नुभएका खपाङ्गी मन्त्री छदा राजाको हातबाट टिका लगाएको भन्दै सर्बत्र आलोचित हुनुभएको थियो । खपाङ्गीको परिवारमा श्रीमती बिध्या, छोराहरु शिलाजित र शिखरजित, बुहारी, छोरी चारु र शिरु र नातिनि निरया छन् ।

नेकपा मालेबाट राजनितिमा प्रवेश गर्नुभएका खपाङ्गी पार्टी परित्याग गरि राष्ट्रिय जनमुक्ति पार्टीका सस्थापक महासचिब हुदै हाल लिवरल डोमेक्रयाटिक पार्टीको अध्यक्ष हुनुहुन्थ्यो ।

राजनिति शास्त्रमा एम, ए उर्तिण खपाङ्गी २०४२ सालमा राष्ट्रिय शिक्षक संगठनको सस्थापक केन्द्रिय सदस्य हुनुहुन्थ्यो । आदिवासी जनजाति आन्दोलनका प्रखरबक्तको रुपमा परिचित खपाङ्गी पंचायत कालमा १४ महिना जेल पर्नुभएको थियो ।

Gore Bahadur Khapangi From Wikipedia, the free encyclopedia

Gore Bahadur Khapangi
Native name गोरे बहादुर खपाङ्गी
Born Ramnagar, Mahottari,Nepal
Died 2016-08-27
Neuro Hostipal, Kathmandu
Nationality Nepali
Citizenship Nepali
Education Master Degree In Major English
Organization Nepal Magar Association
Known for God Father of Nepalese Indigenous Peoples Movement.
Home town Ramnagar
Political party Rastriya Janamukti Party
Movement Nepalese Indigenous Peoples Movement
Spouse(s) Bidya khapangi Magar
Children 2 Son And 2 Daughter

Gore Bahadur Khapangi ( गोरे बहादुर खपांगी ) is former minister and founding leader of Prajatantrik Janamukti Party of Nepal. He belongs to Magars community. He was born in Mahottari District of Nepal. He completed his Master Degree in Major English form Kathmandu, Nepal. There are total 6 members in his family.His health is in serious condition after he was hit by a motorbike in Kathmandu. He is revered as the god father of Nepalese indigenous peoples movement. Khapangi had served as the Minister for Women, Children and Social Welfare in the government led by the then Prime Minister Lokendra Bahadur Chand following the dissolution of the Sher Bahadur Deuba-led government by the then King Gyanendra Shah on October 5, 2002. He passed way on Saturday midnight while undergoing treatment at the Neuro Hospital in Bansbari of Kathmandu. He was 70 year old.


गोरेबहादुर खपाङ्गीले , सामाजिक न्याय र समानताको पक्षमा आवाज उठाए ।

गोरेबहादुर खपाङ्गी आदिवासी जनजातिका अगुवा थिए । नेपाली समाजमा भईरहेको असमानता, जातीय विभेद तथा असमाबेशी राज्य प्रणालीका बिरुद्ध जीवनभर संघर्ष गरेर नथाक्ने नेता थिए । तिनै अपराजित नेता झन्डै तीन बर्ष अगाडि एउटा मोटरसाइकल दर्घटनामा परेर लामोसमय अचेत अवस्थामा रहे । त्यहाँबाट नउठीकनै गत भदौ ११ गते फेरि नफर्कने गरी महाप्रस्थानमा गए ।

गोरेबहादुरको जीवन लीला समाप्त भए पछि उनको पौरख र बिगत प्रति समीक्षा गर्ने क्रम सुरु भएको छ । धेरै टीप्पणीकारहरुले उनको बामपन्थी पृष्ठभूमिलाई बढाई चढाई गरेको पढन र सुन्न पाईन्छ । उनको राजनीतिक यात्रा माक्र्सबाद र लेनिनबादको बैचारिक धरातलबाट सुरु भएको कारण पनि यस्तो टिप्पणी भएको हुन सक्छ । तर यही पृष्ठभूमि मात्र खपाङ्गीको पूर्ण जीवन दर्शन थिएन । समयको अनेकौ पदचापमा उनले अनेको षडयन्त्र, जालझेल र तिगडमको व्युह तोडेर निस्केका थिए । त्यो पाटो भने अझै पनि प्रकासमा आउन सकेको छैन । पक्कै पनि उनी माक्र्सबादी थिए । उनले जीवनभर माक्र्सबादलाई आफनो जीवनदर्शन भन्न छुटाएनन । तर संकिर्ण मक्र्सबादीहरुले उनलाई मूलप्रबाहबाट बिचलित बनाएका थिए । किन उनले बेग्लै राजनीतिक दल गठन गर्नु पर्ने अवस्था आयो ? यसबारे समकालनि राजनीतिले गंभीर समीक्षा गरेन भने खपाङ्गी प्रति न्याय गरेको ठहर्दैन । उनले परिकल्पना गरेको समतामूलक र समानताको परिलक्ष बुझन सक्दैनौ ।

धेरैको हेराईहरुमा रामेछाप जिल्लाको मास्टरी पेशा राजनीतिको प्रारम्भीक सूरुवाती थियो । उनी तत्कालीन मालेको भातृसंस्था शिक्षक संगठनमा लागेका थिए । तर देशैभरी राजनीतिक उभार ल्याउन सक्षम माले छोडेर जातीय मुक्तिको बाटोमा किन लागे ? यसको सपाट उत्तर नेपालका बामपन्थीहरुको जातीबादी चरित्र र सोच नै हो । खपाङगी भन्ने गर्दथे, बाहुनको नेतृत्वमा बन्ने कुनै पनि राजनीतिक दलमा बस्नु भनेको फेरि पनि हामी कमारा बन्नु हो । केही बर्ष अगाडि स्व. विष्णु मादेनको भैसीपाटी स्थित निवासमा नेपालका जानेमाने आदिवासी जनजातिका नेताहरुको बैठकमा उनले यस्तै कुरा उठाएका थिए । त्यहाँ डा. हर्क गुरुङ देखि बरागी काईलासम्म र परशुनारायण चौधरी देखि आङछिरिङ शेर्पासम्मका नेताहरुको जमघट थियो । उनले राज्यका हरेक अंगमा जातीय जनसंख्याको समानुपातिक प्रतिनिधित्व, संघीयता र धर्म निरपेक्षताको कुरा उठाउँथे ।

खपाङ्गी लामो समय सम्म जनमुक्ति पार्टीको महासचिब भए । संख्यात्मक आधारमा त उनको पाटीले लामो फड्को मार्न सकेको देखिएन, तर समकालीन नेपाली राजनीति यसैको बैचारिक धरातलमा यात्रारत छ । यसका सफल भाष्यकार गोरेबहादुर नै हुन् । नेपाली राजनीतमा आदिवासी जनजाति अभियन्ताहरुले पहिचानको लडाई यही बैचारिक श्रोतको निरन्तरता हो ।

खपाङ्गीको सिंगो राजनीतिक जीवनमा ‘दशैको टीका’ बहुचर्चीत परिघटना हो । हरेक बर्ष दशै आउन अगाडि खपाङ्गीको ‘दशै अन्तर्बार्ता’ पत्रपत्रिकाका लागि बिकाऊ सामाग्री हुने गर्दथ्यो । उनले जीवन भर दशै आदिवासीको मौलिक पर्ब होइन भन्ने वकालत गरिरहे । तर उनले अरुले दशै मनाउँदा कतै आपत्ती प्रकट गरेका थिएनन् । यसका पछाडि आदिवासी आन्दोलन भित्रको पहिचानजनित दर्शन लुकेको थियो । खपाङ्गी आफैमा बाहुन बिरोधी नभएर बाहुनबादको बिरोधी थिए । उनले सामाजिक न्याय र समानतको पक्षमा आवाज उठाएका थिए ।

बर्षौ देखिको थिचोमिचो र दलन मलनमा बाँच्न अभ्यस्थ भएका आदिवासी जनजातिहरुलाई आफनो पहिचान र परिबेशलाई सम्झन आह्वान गरेका थिए । यो आह्वान आफैमा आज राष्टिय बहसको बिषयबस्तु भएको छ,, यो नै खपाङ्गीले जीवनभर कमाएको पुजी हो । पातलो होचिमिन्ह स्टायलको दाह्री भएको अग्लो कदको मान्छे भनेर मात्र गोरेबहादुर खपाङ्गीको परिचयले पूर्णता पाउँदेन । जातीय विभेद बिरुद्ध समानता र समताका लागि पहिचान खोसेका आदिवासीहरुलाई व्युँझाउने जुन यत्न गरे त्यसैमा खपाङ्गीको परिचय अन्तरनिहित रहेको छ ।

उनी सधै हामीलाई भन्ने गर्दथे,‘जवसम्म यो देशका आदिवासीहरु चिरनिन्द्राबाट उठ्न सक्दैनन्, तवसम्म देशको लोकतन्त्र पनि दीगो हुन सक्दैन ।’ गोरेबहादुर खपाङ्गी मस्तले गफिन्थे । गफिनु के, उनका कुरा सुनाउथे । प्रायः खपाङ्गीका कुरामा पहिचान, जातीय समानता र सामाजिक ऐक्यबद्धताका कुरा हुन्थे । गफै गफमा एक दिन भनेका थिए, ‘समग्र जनजातिको त म कुरा नगरौ । जनजाति पनि थरी थरीका हुन्छन् । तर मगर भन्ने वित्तिकै मामाकी छोरी ताक्ने र बंगुरको मासु खानेलाई भनिन्छ ।’ खपाङ्गीको यस्तो कुरा सुनेर म र राजकुमार रेग्मी मज्जैले हासेका थियौ । हामी हाँसे पनि उनी हाँसेनन्् । झन गंभीर भएर यसैलाई पुष्टी गर्ने गरी उनले थपेका थिए । ‘जस्ले मामाकी छोरी ताक्दैन, त्यो मगर नै होइन, त्यस्तै बंगुरको मासु देख्दा मुख भरी ¥याल काट्छ भने संझनोस, त्यो मान्छे पक्कै पनि मगर हुनु पर्दछ ।’ यसरी उनी गंभीर ठट्टा गर्दथे र यस्तो ठट्टामा गंभीर कुरा गर्दथे । उनले मामाको छोरी बिहे गरेका हुन कि होइनन्, त्यो त थाहा छैन, तर मगर, गुरुङ, तामाङ समुदायमा मामाको छोरी बिहे गर्ने चलन यद्यपी छदैछ । यसरी मामा चेला बिहे गर्ने चलन बिरुद्ध खस आर्यहरुले खिसी गर्ने आम प्रचलन बिरुद्ध उनी बोलेका थिए । आदिवासी जनजातिहरु आफनो जातीय अधिकार प्राप्तीका लागि सचेत नभएको उनको टिप्पणी हुने गर्दथ्यो ।

एक पटक उनले कुरै कुरामा धेरै जनजातिहरुलाई ‘सेक्स गर्न पनि आउँदैन’ भनेका थिए । यसको अर्थ काम कर्तव्य तथा अधिकारमा आदिवासी जनजातिहरुको पछौटेपना प्रति उनको टिप्पणी थियो । उनी भन्थे आदिवासीहरु जनजातिहरुमा जागरण ल्याउन ठूलै आँधीबेहरीको आवश्यकता थियो । पहिलो मधेश आन्दोलनको प्रसंशक थिए । उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश आन्दोलनले कांग्रेस, एमाले, माओवादीलाई एकै पटक घुँडा टेकाएझै आदिवासीहरुको यस प्रकारो साझा आन्दोलन कहिले गर्ने भन्ने चिन्ता व्यक्त गर्दथे । यही मेसोमा जातीय संगठनहरु राजनीतिक दलको भातृसंगठन भएकोमा उनी सधै आलोचना गर्दथे ।

जनजातिहरुले मूलप्रबाहमा सामेल नभएर जातीय संगठन बनेकोमा उनको चिन्ता थियो । नेपालका आदिवासीहरु नेपाली राष्ट्रियताको मूल प्रबाहमा सामेल हुन सबै भन्दा पहिले जाति हेर्नु पर्ने उनको तर्क हुने गर्दथ्यो । कुनै बेलायती बालकले गोर्खा र नेपाली नागरिकका बारे प्रश्न सोधेमा उस्को अभिभावकले परेड खेली रहेको सिपाहीलाई गोर्खे र बकिम्घम प्यालेसमा प्रमाणपत्र बुझाउने कुनै आचार्य, दहाल वा पोखरेललाई नेपाली भन्ने गरेको उदाहरण उनी दिने गर्दथे । यसको सटिक बिश्लेषण के हो भने नेपाली राष्ट्रियताको बरद छाँया भित्र अझै पनि आम आदिवासी जनजातिहरु सामेल हुन सकेका छैनन् । यसको मूलकारण नेपालमा छाएको जातीबादी राज्यसत्ताको थिचोमिचो नै हो । यसैले उनी भन्थे, जनजातिले हेर्ने भनेको राज्यसत्ता हो र राज्य सत्तामा पुग्न आफनै राजनीतिक दल चाहिन्छ ।

बिचारमा प्रष्ट भए पनि उनले आफनो दललाई दरिलो बनाउने संगठन गर्न सकेनन् । उनी संगठक भन्दा पनि बैचारिक प्रबक्ता थिए । उनी सामेल जनमुक्ति पाटी पनि धेरै पटक बिभाजित बन्यो । उनी नै पाटी छोडेर अर्को पाटी गठन गर्न तिर लागे । उनको सबैभन्दा बढीको प्रभाव क्षेत्र मगरात भए पनि माओबादी आन्दोनका कारण यो प्रभाव छिन्न भिन्न भयो । बरु जनमुक्तिबाट फर ढंगले संगठन गरेका लिम्बुुवान र खम्बुवानजस्ता क्षेत्रीय दलहरुले केही प्रभाव जमाउन सफल भए । यसको प्रेरणा खपाङ्गी नै थिए । यस्ता महान बिचार हामीबाट सदाको लागि बिदा भएका छन् । उनलाई श्रद्धान्जली स्वरुप उनको बिचार यात्रामा समर्पण हुनु नै हाम्रो सच्चा कर्तव्य हुने छ ।

कुमार यात्रु

source:Nepalbritain.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here