नेपाल मगर संघ, तनहुँको साड्गठनिक इतिहास

1
611

नेपाल मगर संघ, तनहुँको साड्गठनिक इतिहास

magarlogo1नेपाल आदिबासी जनजातीहरु मध्ये जनसंख्याको हिसाबले पहिलो स्थानमा रहेको मगर र यस मध्ये पश्चिमञ्चलमै पाल्पा जिल्ला पछिको मगर जनसंख्याको हिसाबलो दोस्रो स्थानमा रहेको मगर संघ (तनहुँ) जिल्ला जहाँ २७ प्रतिशत ८७०७८, (पुरुष ३८१६०, महिला ४८९१८) मगरहरुको बसोबास रहेको छ । यसरी मगर संघको इतिहाँस एवम् विभिन्न घटना परिघटनाहरुलाई सप्रसङ्ग व्याख्या गर्नु पर्दा नेपालको इतिहाँस शासकहरुको आफ्नो अनुकुलतामा लेखेर मगर जातिको वास्तविक ईतिहास मेटाउने काम भएको पाईन्छ । शासकहरुले मगर जातिको ऐतिहासिक इतिहासलाई मार्ने काम गरेको कारण यस जाति आफ्नो इतिहासको खोजि गर्दै छ । वर्तमान इतिहास खस(आर्य जाति र शासकहरुको मात्र नभएर सबै नेपालीहरुको हो भन्न गलत हुन्छ । १२ औं शताब्दीमा भारतको धार्मिक युद्धमा मुसलमान सँग पराजित भएर ज्यान बचाउँन नेपाल प्रवेश गरेका आर्य जाति तत्कालीन मगरात गणराज्यका मगर शासकहरुले शरण दिएका थिए । यसरी शरणगत आर्यहरु मगरात सभ्यता संग अन्तरधुलन हुँदै जाने क्रममा मगर बाट शासन सत्ता षड्यन्त्रपुर्ण तरिकाले खोस्ने काम गरे । १६ औं शताब्दी सम्म अस्तित्वमा रहेको मगरात गणराज्य लाई शाह वंशका इतिहास प्रारम्भ गर्ने गोेरखाका कुलमण्डन खाँनका उत्तराधिकारी द्रव्य शाहले अन्तिम राजा मानसिंह खड्का मगरलाई षड्यन्त्रमुलक ढंङ्गले हत्या गरी सत्ता कब्जा गरेपछि मगर जाति माथि राज्य विभेद र उत्पीडनको शृङ्खला तिब रुपमा सुरु भयो । मगरहरु सत्ता गुमाए पछि यस समुदायहरुको आधार भत्काई दिने र शासनबाट सदाको लागि बञ्चित पार्ने दुई वटा दर्शनको विकास गरेर राज्यविहिन, अधिकार विहिन, धर्मविहिन र पहिचान विहिन पार्ने काममा सफल भएको हो । राज्यको योजना अनुसार पश्चिम नेपालमा मगर भाषा, भेषभुषा र सामाजिक मान्यतामाथि आक्रमण र पुर्वमा मगर संस्कृति र धर्मलाई हस्तक्षेप गरि हिन्दु करण गर्ने काम भयो । सिङ्गो राज्य नै हिन्दु राज्यको रुपमा विकास गरियो । यसरी यस जातिले इतिहाँसमा गुमाएको राज्य अधिकार फिर्ता गर्न मगर भाषा, संस्कृति, धर्म, संस्कार र परम्परागत सामाजिक मुल्यामान्यता बचाएर मगर जातिलाइ संङ्गठित गरि एक जुट पारेर अस्तित्व राज्यको लागि सामाजिक संगठनको अभ्यास गरेको औपचारीक ढंङ्गले थालनी गरेको ६ दशक र औपचारीक रुपले संङगठीत भएको तिन दशक भइसकेको पाईन्छ । मगर जातिको विकास, एकता, जागरण र मुक्तिको विषयलाई केन्द्र विन्दुमा राखेर अग्रज मगरहरुले उठाएको कदमनै ऐतिहाँसिक अध्याय बनेको छ । जुन पहलकदमीले संसारभरका मगरहरुको साझा मनोविज्ञान केन्द्रित गर्ने, अधिकार प्राप्तिको लागि लड्ने, मार्गदर्शनको रुपमा महत्वपुर्ण भूमिका खेलिरहेको छ ।

मगर समुदायलाई संगठित पार्न संगठनको आकार दिने क्रममा सबभन्दा पहिले वि.सं. १९९७ सालमा दार्जिलिङमै थालनि भएको पाईन्छ । नेपालमा पनि शासकहरुको आँखा छल्दै मगर समुदायलाई संङ्गठित गरि चेतना जगाउन वि.सं. २०१२ सालमा गुल्मीको भार्से भन्ने ठाउँमा मगर समाज सुधार सङघ भार्से श्री गिरीप्रसाद बुढाथोकी मगरको नेतृत्वमा स्थापना गरियो । वि.सं. २०१३ सालमा म्यादी जिल्लाको औंलो गाउँमा बाढीपीडित लगायत प्राकृतिक विपत्तीमा परेका हरुलाई सहयोग गर्न र गाउँमा विद्यालय खोली सञ्चालन गर्ने र मगर समुदायलाई चेतना जगाउने भन्ने लगायत उदेश्य राखि मे.टेकबहादुर पुन मगरको नेतृत्वमा सम्पन्न भएको थियो । वि.सं. २०१४ साल फागुन २६ गते देखि २९ गते मेची डाली बाट विभिन्न जिल्लाको ५०० जना प्रतिनिधीहरुको उपस्थितिमा र हजारौं जनताको सहयोगमा मगर सुधार सङघको पश्चिमाञ्चल सम्मेलन गिरीप्रसाद बुढाथोकी मगरलाईनै सभापति चयन गरि वि.सं. २०१३ सालमा रणबहादुर आले मगरले गोरखामा मगर भेला गरेको थियो । वि.सं. २०१३ सालमै एकदेव आले मगरको नेतृत्वमानै मगर सम्मेलन सम्पन्न भयो । वि.सं. २०१७ सालको परिवर्तन पछि पञ्चायती व्यवस्थाले राजनैतीक तथा सामाजिक संघ सस्थामाथि प्रतिवन्ध लगाएपछि मगरहरुलाई एकजुट पारी अधिकार प्रति सचेत पार्न मगर अग्रजहरुको सल्लाह तथा सुझाबमा बनभोज आयोजना गरेर प्रशिक्षण दिने र गोप्य रुपमा सङ्गठित हुने क्रममा वि.सं. २०२८ सालमा अध्यक्ष खिलध्वज थापा मगरको नेतृत्वमा काठमाडौंमा लाङघाली परिवार गठन भयो । वि.सं. २०३२ सालमा कानुङ लाङघाली परिवार रुपन्देहीमा पनि स्थापना भयो । वि.सं. २०३५ देखी २०३६ सालमा बाग्लुङ, सुर्खेत, वाँके, दैलेख लगायतका जिल्लाहरुमा मगर सुधार समिति, पाल्पामा मगर सुधार समिति भने कास्कीमा लाङघाली परिवार गठन गर्ने काम व्यापक हुँदै गयो । सारा जिल्लामा छरिएर रहेका सङ्गठनलाई एउटै योजना र साङ्गठनिक पद्धति भित्र ल्याउने उद्देश्यका साथ वि.सं. २०३६ सालमा काठमाडौमा अध्यक्ष डा.हर्षबहादुर बुढामगर, सचिब शुरेश आले मगर रहेको लाङघाली परिवार केन्द्रिय तदर्थ समिति गठन भयो । वि.सं. २०३८ साल माघ २८ गते बुटवलको रुपन्देहीमा २२ जिल्लाका प्रतिनिधीको उपस्थितिमा “कानुङ लाङघाली परिवार” का अध्यक्ष बाबुराम रानाभाट र सचिब जगबहादुर हितान मगर रहेको सङठन र पुरानो लाङघाली परिवारलाई एउटैमा गाभेर “नेपाल लाङघाली परिवार सङघ” केन्द्रिय तदर्थ समिति निर्माण गरी अध्यक्ष हेम बहादुर पुन मगर, उपाध्यक्ष रण बहादुर आलेमगर, सचिव सुरेश आले मगर, प्रचार प्रसार सचिव जग बहादुर हितानमगर र कोषाध्यक्ष मनबोट गुर्वुजा पुन मगरलाई जिम्मेवारी दिने गरी ९ सदस्यीय कार्य समिति निर्माण गरियो । यसरी वि.सं. २०३९ साल फागुन १५ देखि १६ गते यही तनहुँको दमौलीमा तानाशाही पञ्चायती व्यवस्थाको प्रहरीको घेरावन्दीको विचमा नै हजारौ मगर समुदायको उपस्थितिमा नेपाल लाङघाली परिवार सङघ को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पन्न भएको थियो । प्रथम महाधिवेशनले अध्यक्ष हेम बहादुर पुन मगर र महासचिब सुरेश आले मगरलाई निर्वाचित गरि १५ सदस्यीय नेपाल लाङघाली परिवार संङघ केन्द्रिय समिति चयन भएको थियो । त्यसैले फागुन १५ गतेलाई सङघको स्थापना दिवसको रुपमा मनाउने गरिन्छ । यसरी मगर जातिको इतिहास विभिन्न उत्तरचढाव वीच गुज्रिरहेको छ भने संङगठनको जीवन अलग अलग पार्ने खालका चुनौति र सम्भावना लुकामारी गर्दै अगाडी बढ्ने क्रममा समय र युगको परिवेश संगै आफ्नो संरचना, योजना, कार्यक्रम र मुद्याहरु लाई परिमार्जित गरेर रुपान्तरण गर्दै आएको छ । सङ्गगठनलाई अझ फराकिलो, बैज्ञानिक व्यावहारिक र विकसित गर्नको लागि २०४८ को चौथो महाधिवेशनले नेपाल लाङघाली परिवार सङघ लाई परिवर्तन गरि नेपाल मगर सङघ मा रुपान्तरण गरि हाल सम्म यही नामबाट सिङ्गो मगर समुहलाई वोम्दै आएको छ । अर्थात मगर समाज सेवाको नामबाट प्रारम्भ भएको सङगठनको विकसित रुप आज संसारभरका मगर समुदायलाई एक ठाउँमा केन्द्रित गर्ने विशाल छाता संङगठनको रुपमा नेपाल मगर सङघ उपस्थित छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here