हाम्रो पुर्खाको रगत र बलिदानले खर्चेर पाएको मगरात प्रदेश मात्र मागेका हौ : अध्यक्ष नबिन रोका मगर !

0
565

0v4b6586मगरात प्रदेश प्राप्तिका लागि मगरहरुले आज माईतिघर मण्डलामा  कोण सभा सम्पन्न गरेको छ । कोण सभाको आयोजना नेपाल मगर संघ केन्द्रिय समिति,संयुक्त मगर मंच नेपाल, मगरात संघर्ष समितिले गरेको थियो । सभामा खसान संयूक्त संर्घष समितिका संयोजक प्रेमबहादुर खातिले एक्यबद्धता जनाउदै मगरात प्रदेश प्राप्तिको आन्दोलनलाई सर्मथन जनाउदै शुभकामना मन्तव्य राखेका थिए । नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष नबिन रोका मगरको अध्यक्षतामा समितिका सचिव रेनुका काउचा मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

आजको कोण सभाका मुख्य बक्ता नेपाल मगर संघका केन्द्रिंय अध्यक्ष्ँ नबिन रोका मगर हुनुहुन्थ्यो । उहाँको भाषणको केही अंशहरु तल राखिएको छ, पढनुहोस् ।

नेपाल मगर संघ द्धारा आयोजित यस मगरात कोण सभामा आउनुभएका विभिन्न प्रदेशका अभियान्त साथीहरु यसैगरि मगरात सहितको गण्तन्त्र नेपालको लागि लखन थापा मगरको विगत देखि आजको दिन सम्म ईतिहासलाई यो जनताको अधिकारका लागि रगतदिदै ज्यान सुम्पिदै आजसम्म सम्पूर्ण मगरहरु र मगर दाजु भाई तथा दिदी बहिनीहरुमा नेपाल मगर संघ केन्द्रिय समिति,संयुक्त मगर मंच नेपाल, मगरात संघर्ष समिति र नेपाल सरकार मगरात स्वायत्त प्रदेशबाट स्वीर्कानुहोस् साथै न्यानो अभिवादन ।

यसैगरि सिङ्ंगो नेपाल देश नेपालीहरुको लागि अधिकार माग्दा दिदैनन्  भने हामी उनिहरुको बिरुद्ध लाग्नै पर्छ । नेपालमा पहिलो राजनितीक विरुद्ध कदम चाल्ने प्रथम शहीद लखन थापा मगरनै हुन र नेपालको विभिन्न आन्दोलनमा सहिद हुनेहरु मगर पर्छन उहा“हरु प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछु  । हामी मगरहरुको जातिय पहिचानको लागि हामी एकजुट हुन जरुरी छ । नेपालमा सबै जातिहरुले आफ्नो भाषा सांस्कृति रितिरिवाज लाई आफ्नो मौलिक अधिकार सहित नेपाललाई हाम्रो देश नेपला हो भन्नु पर्छ । मगरात स्वायत्त प्रदेशको माग सरकारले पुरा गर्नुपर्छ ।
नेकपा माओवादीका केन्द्रिय अध्यक्ष्ँ प्रचण्डले दस बर्षे जनयुद्धमा सबै भन्दा बढि मगर जातिनैलाई नै बलिदान दिन सफल भएका थिए, उसको किन रगत बग्यो ? उसको बलिदानकिन भो ? मान्यकारण भएनभने नेपालमा अब मगरात ईतिहास सहित नयां नेपाल निर्माणका लागि मगरहरु अब बलिदान दिन तयार हुने छन । त्यसैले आज जारी गरेको नया“ संविधानले मगरातको ईतिहासलाई निमोट गर्ने काम गरेको छ  ।

मगरात , आदिबासी जनजाति , मधेसी, बाहुन ,क्षेत्रि,दलित ,महिला सबैको अधिकार यो संविधानले बिभेध गरेकोले हामी आज यस माईतीघर मण्डलामा आउनु परेको हो  । मगरहरु सबै भन्दा बढि मात्रामा बिभिन्न पार्टीमा सामेलभैं राजनैतिक हैसियत पनि नरहेको कारणले हाम्रो आन्दोलन कम्जोर भएको हो ।

हामीलाई अछुत गर्ने शासकहरुले र मगरहरु प्रति गरिने बिभेद अन्त्य गरोस्, र हाम्रो मागरहरु सम्बोधन गरोस् । एकल जातिय, भाषा, धर्म, लिंग साथै कर्णनाली र भेरीलाई व्यवस्ता गरि काठमाण्डौ लाई केन्द्र ठान्ने हो भने यो नया“ जारी संविधान हामी मान्ने छैनौ ।

मगरातलाई टुक्राटुक्रा पारेको संविधान मान्नु भनेको आज ल्याप्चे लगाई भोली माथि जान्छु भने जस्तै हो, त्यसैले हामीले अपुरो घोषणा पत्रमा कहिलै ल्याप्चे लगाउने छैनौ र उन्नाईस लाख मगर मध्य अठार लाखले बलिदान दिन तयार छन् तर नया“ संबिधान मान्न तयार छैनौ । भूकम्प आउँदा अधिकार बिनाको संबिधान घोषण जारी गरे जस्तो गरेर अहिले पनि हाम्रा जनताहरु रमाईलोमा अल्मलिदाखेरी अधिकार बिनाको संबिधान अथवा मगरात बिनाको संबिधान फेरी संशोधन हुनेछ भन्ने जुन चाही सिंहदरबार बाट हाम्रो मगरातदरबारमा सूचना आएको कारणले हामी याहाँ आएको हौ ।
हामीले सूचना दिएका छौ, गल्ति नगर्नहोस् । हामीले कहिलै पनि मगरात देश हुनुपर्छ भनेका छैनौ , हामी त मगरात प्रदेश र नेपाल देश भनि आएका छौ । हाम्रो पुर्खाले रगत र बलिदानले खर्चेर पाएको मगरात प्रदेश मात्र मागेका हौ ।  हामी मगरहरुको दिनप्रतिदिन सिमाना मिचिएको छ , भुकम्प पिडितहरुले गास बास र कपास पाउन सकिरहेको छैन । हाम्रो भाषा धर्म सांस्किृती र पहिचान मेटाईदिने  यो सिंहदरबार र बाहुन क्षेत्री साथीहरुलाई के भन्छु भने यहाँ पडित मगरहरुको पहिचान माग्दा तपाईहरुको कान नथुन्नुहोस् ।

तपाईहरु संग हाम्रो केहि हिसाबकिताब छैन त्यसैले उतपिडीत बाहुन क्षेत्रिहरुलाई पनि यो मगरहरुले धेरै सहयोग गरेको थियो । अब पनि हामी मगरहरु यसरीनै चुप लागेर बस्ने हो भने हामी सधै पछाडी पर्ने छौ । आजभोली मगरातका नेताहरु चाहे बाहुन क्ष्ँेत्रि हुन चाहे दलित हुन चाहे जनजाति मधेशी हुन चाहे आदिबासी हुन हामी प्रत्यक घर दैलोमा गएका छौ । मगरात एकिकृत मगरात क्षेत्र हुन्छकी हुदैन , मगरात एकिकृत सहित सघीयताको पहिचान  हुन्छकी हुदैन, भन्ने कुराको लागि प्रत्येक नेताहरुको घरदैलोमा जाने काम गरिरहेका छौ । यदि मगरात हितको लागी पहिचान सहितको माग जुनदिन हुन सकदैन , मगरात बाटै फेरी नेपाली जनतामा आर्को बिद्रो थालनी हुनेछ । त्यसैले यो क्षण आउन नपरोस् भन्न चाहान्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here