मगर विद्यार्थी संघ तनहुँको संगठन विस्तार अभियान जारी ।

0
633

तनहुँ असोज ११

प्रेम थापा मगर

123132132131नेपाल मगर विद्यार्थी संघ तनहुँले आफ्नो संगठन विस्तार अभियानलाई निरन्तरता दिने क्रममा तनहुँका निम्न क्याम्पस, कलेज तथा उ.मा.वि.हरुमा समिति गठन गरेको छ ।
यसै क्रममा आदिकावि भानुभक्त क्याम्पस समितिका उपाध्यक्ष तथा जिल्ला सदस्य बृहस्पति थापा मगरको अध्यक्षता र नेपाल मगर विद्यार्थी संघ गण्डकी अञ्चल समितिका सचिव सिजन थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट १९ सदस्यीय समिति गठन भएको छ । संघका जिल्ला सह–सचिव विजय आले मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ने.म.वि. संघ गण्डकी अञ्चल सदस्य सविना थापा मगर, जिल्ला समितिका कोषाध्यक्ष बिकास थापा मगर, सदस्य आशा थापा मगर लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो भने कार्यक्रम संञ्चालन संघका जिल्ला सदस्य अनिता थापा मगरले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले मगर विद्यार्थी संघको उद्देश्य र मगरात को विषयमा प्रष्ट पार्दै यसको प्राप्तीको लागि सम्पुर्ण मगर विद्यार्थीहरु एकजुट हुनुपर्ने बताउनु भएको थियो भने अन्य अतिथिहरुले मगर विद्यार्थी संघ कुनै पनि राजनितिक दलसंग आवद्ध नभई विशुद्ध जातिय संगठन भएको कुरा बताउनु भएको थियो ।
यस अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको नामावाली यस प्रकार रहेको छ ।
अध्यक्ष यूजिन थापा मगर, उपाध्यक्ष सुजन थापा मगर, सचिव कृष्टी आले मगर, स–सचिव प्रमिला थापा मगर, कोषाध्यक्ष दिपा थापा मगर, सदस्यहरु क्रमश ः मञ्जु थापा मगर, माइकल थापा मगर, लालिता थापा मगर, जैसरा आले मगर, टेक थापा मगर, मनोज थापा मगर, देवि थापा मगर, नारायण थापा मगर, शोभा थापा मगर, पवित्रा आले मगर, केश माया थापा मगर, हिमा थापा मगर, दिनेश थापा मगर रहनु भएको छ ।
त्यस्तै गरि नेपाल मगर विद्यार्थी संघ सत्यवती उ.मा.वि.समितिका सचिव अनिता थापा मगरको अध्यक्षता र गण्डकी अञ्चल सचिव सिजन थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । कार्यक्रममा अतिथिहरु जिल्ला सचिव रितु आले मगर, सदस्य बृहस्पती थापा मगरले शुभकामना मन्तव्य दिनुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन जिल्लाका सह सचिव विजय आले मगरले गर्नु भएको थियो भने स्वागत मन्तव्य जिल्ला सदस्य बसन्ती सारु मगरले दिनुभएको थियो ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको नामावाली यस प्रकार छ ।
अध्यक्ष उमेश थापा मगर, उपाध्यक्ष खुशी थापा मगर, सचिव शैलेन्द्र थापा मगर, सह सचिव सुजता थापा मगर, कोषाध्यक्ष संगिता थापा मगर, सदस्यहरु ः प्रेम राना मगर, मेनुका आले मगर, खुश्वु आले मगर, वविता आल,े विमला राना, सुना थापा मगर, तिली थापा मगर, सन्दीप आले रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here