मगर भाषा र साहित्यको विकास संक्षिप्त जानकारी

0
325

जाति, धर्म र भाषाको विविधता रहेको हाम्रो देश नेपालमा बहुलता भित्र पनि एकता खोज्ने बेला आएको छ । वि.सं २०५८को जनगणनाले पहिचान गरेका करिब १०० भन्दा बढि जात जातिको बसोबास नेपालमा पाइन्छ । यिनै सयौं जात जाति भित्रको एउटा जाति हो मगर । आफ्नै विशिष्ट भाषा र सँस्कृतिका धनि मगरहरु नेपालको कुल जनसंख्याको ७ प्रतिशत भन्दा पनि बढि छन्‍ । उनीहरुका आफ्नै भेषभुषा तथा मातृभाषा अहिले सम्म अस्तित्वमा रहेको पाइन्छ । वि.सं २०५८को जनगणना लाइ हेर्ने हो भने नेपालमा मगरभाषा बोल्ने मगरहरु प्रतिशत पाइन्छन तर त्यसमा पनि शहरबासी मगरहरु भन्दा ग्रमीण भेगमा बसोवास गर्दैआएका मगरहरुले बढि मातृभाषा बोल्ने गर्दछन । मगरहरु अहिलेको यो सिंगो नेपाल निर्माण हुनु अघि मगरातभूमीमा आफ्नो सार्वभौम सत्ता सम्पन्न भएर आफ्नै तरिकाले राज्य गरेर रहेका थिए । तर समयक्रम सँगै बढेको स्वार्थ र लोभको कारण सोझो मगरहरुको सोझोपनको फाइदा उठाउदै अन्य जातिहरुले सत्ता कब्जा गर्न पुगेको कुरा अझैपनि विभिन्न पुस्तकहरुमा पढ्‍न पाउछौ ।

नेपालको आदिम भूमीपुत्र मगरहरुको भाषा तथा साहित्य सँग सम्वन्धित लिखित पुरानो छुट्टै इतिहास त्यति पाइन्दैन । यसोहुनुमा विगतका एकात्मक राज्यप्रणाली दोषी रहेको पाइन्छ । पन्चायतीकालमा बनेको मुलुकी एनले हामी भूमीपुत्रहरुको भाषा, धर्म र सँस्कृतिको घाटी यति नराम्रो सँग निमोठ्‍यो की यसले आजको एक्काइसौ सताब्दी सम्म पनि राम्रो सँग उभिन नसक्ने बनाएको छ । मुलुकमा एक भाषा, एक भेष र एक धर्मलाइ जबरजस्ती लादेर हामी यहाँका आदीम जनजातिहरुको अस्तित्व नै तहसनहस पारेको अवस्थामा आफुसँग रहेको कागजात पनि गुमाउन पुगेका कारण उनीहरुको सँस्कृति तथा धर्म नै झण्डै झण्डै लोप हुने अवस्थाको सृजना गरायो । यसलाइ अझ सजिलो गरि बुझ्न यी पत्तीहरुलाइ हेर्न सकिन्छ ।
अझ सम्म एक ही नेपाली भाषा (गोर्खा भाषा) को सर्वव्यापकता हुन सकेको छैन किन्तु नेवार भोटे, मगर, गुरुङ्ग,लिम्वु, सुनुवार, थारु, प्रबृतिका जंगलीभाषाहरुले पनि आफ्ना जन्मस्थानलाइ एकदम छाड्‍न सकेका छैनन । जहा सम्म एकमात्र भाषा नेपालीभाषाले अरु सबै जगंलीभाषालाइ गलहती लगाउदैन त्यहा सम्म नेपाली भाषाको उन्नति हुन्न । (नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन पृ.४३७, अर्याल र जोशी संवत १९७४)
नेपाललाइ असिल हिन्दुस्तान बनाउने क्रममा संस्कृतभाषाको विकास र प्रबर्द्यन गरी नेपाली भाषालाइ राष्ट भाषा घोषणा गर्नु साथमा अन्य मातृभाषालाइ जँगली भाषाको नामाकरण गरिनाले पनि उनीहरुको भाषा सँस्कृति ओझेलमा परेको हो भन्दा फरक नपर्ला । यसरी नेपालको एकिकृत ब्यवस्थाले चार बर्ण छतिस जातमा विभाजन गरि बर्ण भेद गरेका कारण हामी भूमीपुत्र त्यसको मारमा परि आफ्नो इतिहास लेखन पछाडी पारियो यसको ज्वलन्त उदाहरण यिनै हरफहरुलार्इ हेर्न सकिन्छ ।
तिघ्रे र पर्वते स्वाठे जुन हाम्रा दाज्यु भाइ छन्‍
ती तेही रही बाचुन, हुनु पर्दैन सभ्य तीअयोग्य,
मतुवाली र पाखण्डी, नीच निर्दयी पस्यो भने मण्डलमा
राज्य उठ्‍ठा गराँउछ बाहुन क्षत्रियैबाट मन्त्री मण्डल जोरनू
त्यस्तै मन्त्री लिर्इ रक्षा गरनू राज्यको सधै
नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन पृ.४३५ राममणि आ.दी. भलो कुराको नमुना १९५२/५३)
यसरी हेर्दा इतिहासमा पनि जित्नेको मात्र इतिहास लेखिने र मलजल गर्ने गरेको पाइन्छ तसर्थ यी हराइएका जातिहरुको कसले लेखिदिने इतिहास ? आफै लेखि संरक्षण गरौ भने राज्यले नै विभेदकारी नीति बनार्इ चेतना र सभ्य हुन्छन भनि जाति विषेश कानुन लाग्ने बनाइ दियो । उदाहरणको लागी जनजातिहरुले पढ्‍नै नहुने दलितहरुले पढ्‍न त के कुरा रामायण, पुराण जस्ता प्रबचनहरु सुन्न सम्मै नहुने गरि नियम कानुन बनाए पश्चात भाषा, लिपि जस्ता कुराहरुको स्वर्गबास हुन पुग्यो । अब नेपालमा केही समाज सुधारक तथा परिवर्तनबादी सोच भएका मानिसहरु जन्मन थाले पश्चात विभिन्न तरिकाले भाषा भाषीकाको पनि विकास हुन थाल्यो ।
पहिलो पटक मगरहरुको मातृभाषामा लिखित इतिहास बाइबल सोसाइटीले सन १९११मा सारचो (आनन्दि मन) प्रकाशन गरेको थियो भनि सन्जोग लाफा मगरले आफ्नो एउटा कार्यपत्रमा उल्लेख गर्नु भएको छ । यस पछि पनि बाइबल सोसाइटीले नै बोक्सी चीन्डीच मन्त्र, काने जाट्‍च काम आदी जस्ता विभिन्न मगर भाषामा अनुवाद गरिएको पुस्तकहरु प्रकाशन गरेको पाइन्छ । यस पछि डा. केशरजगं बराल मगर द्बारा लिखित मगर कुरा कुटो जाट्‍म ङाक्के? जस्ता कृतिहरुबाट मातृभाषामा लेखन अभियान अगाडी आएको देखिन्छ । तर जति पनि भाषा र सँस्कृतिको कुरा गरी रहदा हाम्रो सामु खड्‍किएको कुरा भने आफ्नो लिपि हो । मगरहरुको आफ्नो लिपि भनेको अक्खा लिपि नै हो भनि मगर संघले घोषण गरेतापनि विभिन्न ब्यत्ती तथा समुदायबाट टिका टिप्पणी भए पश्चात मगरहरु बिचमै पनि बैचारीक अन्तरद्वन्दका कारण केही बर्ष लिपि विबादमा रहनु पर्‍यो । एकथरी मगर विद्वानहरु र नेपाल मगर संघले अक्खारिका नै हाम्रो लिपि हो र अर्का थरी विद्वानहरुले होइन भनिरहदा अर्को आफ्नो लिपि प्रस्तुत गर्न नसकेको अवस्थामा त्यसै अक्खारिका लिपिलाइ नै मगरहरुको लिपि भनि काम चलाइ रहेका छन।
अहिले सम्मका प्रकाशित लेखहरु आफ्नो लिपीमा भन्दा पनि बढि देवनागरि लिपी मै पाइन्छन । मगर साहित्यकार तथा समाजसेवी सन्जोग लाफाको एक अध्ययन अनुसार अहिले सम्म मगर भाषा सिक्ने कितावहरु १३ वटा, मगर कर्मकाण्ड बीधि ४वटा, मगर शब्द संग्रह, ब्याकरणा १४वटा, भाषाका चलचित्रहरु ८ वटा, मगर भाषाका गीति क्यासेटहरु ७वटा, मगर भाषाका गीत संग्रह ७वटा, मगर भाषामा बिभिन्न पत्र पत्रिकामा प्रकाशित फुटकर कबिताहरु ढुट भाषामा ६०वटा, खाम भाषामा ९ वटा, मगर भाषाका पद्धकविता संग्रहहरु २१वटा, मगर भाषाका कथा संग्रह ७वटा, मगर भाषामा उपन्यास ५वटा मगर भाषामा मुत्तक संग्रह २वटा, मगरबाल कविता संग्रह १वटा, मगरखण्डकाव्य १ वटा, उखान टुक्का १ वटा, र गजल संग्रह हाल सम्म एक वटा मात्र पाइएको छ भने प्रकाशनको संघारमा पुगेका कृतिहरु करिव २० वटा जति छन्। यी गन्तिहरुमा नया नेपालको गोरखापत्रमा प्रकाशित लेख रचनालाई समेटिएको छैन ।
मगर सम्वन्धि बिभिन्न प्रकाशित पत्र पत्रिकाहरुमा १,लाफा २,लीसार ३,राहा ४, कान‍ूङ लाम ५, रोश ६, गोराक ७, कानूङ इम ८ फिमला ९, कानूङ लाङघा १०, मिर्मीरे ११, मगर जूङ १२, शोधमाला आदी पाइन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here