मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कारबाट थापा सम्मानित

0
661

मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कारबाट थापा सम्मानित सम्मानित

रूद्र श्रीसमगर

पोखरा, भदौ २७ – मगर भाषाका आदिकवि सु. रेखबहादुर थापा सारूमगरको नाममा स्थापित ‘मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कार–२०७३’ बाट साहित्यकार फूलकुमारी थापामगर सम्मानित हुनुभएको छ ।

नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिद्वारा स्थापित सो पुरस्कारबाट साहित्यकार थापा सम्मानित हुन लाग्नुभएको हो ।

आदिकवि रेखबहादुरको यही भदौ २८ गते ७३ औं जन्मजयन्तीका अवसरमा तनहुँको पर्यटकीय गाउँ माझकोट–९, मिछुर्लुङमा विशेष समारोहबीच साहित्यकार थापालाई पाँच हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मान हुनुभएको छ ।

हाल नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिका सल्लाहकार रहनुभएका साहित्यकार थापा मगर भाषा प्रतिष्ठान, नेपालका केन्द्रीय सदस्य एवं नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष समेत हुनुहुन्छ ।

नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्र ‘सन्देश’ मगरको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले साहित्यकार थापालाई पुरस्कार दिन सिफारिस गरेको थियो । प्रतिभा छनौट समितिका अन्य सदस्यहरूमा संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर, गण्डकी अञ्चल समितिका सल्लाहकार इन्द्रबहादुर आलेमगर, पूर्व सचिव मीना थापामगर र अध्यक्ष बेलीमाया थापामगर ‘गीता’ रहनुभएको थियो ।

मगर आदिकवि रेखबहादुरका नाममा स्थापना गर्न लागिएको एक लाख रुपैयाँको ‘मगर आदिकवि सु. रेखबहादुर सारू मगर स्मृति अक्षयकोष’मार्फत सो पुरस्कारबाट हरेक वर्ष जन्मजयन्तीका अवसरमा एक जना मगर भाषाका साहित्यकारलाई सम्मान गरिने आयोजक नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिकी अध्यक्ष बेलीमाया थापामगर ‘गीता’ले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here