बिहानी खवर साप्ताहिक पत्रिकाको पाँचौ वार्षिकोत्सव

0
597

तनहूँ भीमादबाट प्रकाशन हुने बिहानी खवर साप्ताहिक पत्रिकाको पाँचौ वार्षिकोत्सवको अवसरमा विशेषाङ्क प्रकाशन तथा शुभकामना आदाप्रदान कार्यक्रम सम्पन्न भएको छ :–

भीमाद आश्विन २२Bihani Khabar Bhimad's photo. तनहूँको व्यापारिक केन्द्र सुन्दर नगरी भीमादबाट प्रकाशन हुने बिहानी खवर साप्ताहिक पत्रिकाको आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा अयोजना गरिएको विशेषाङ्क प्रकाशन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन अग्रज पत्रकार एवं भञ्ज्याङ्ग राष्ट्रिय दैनिकका सम्पादन विश्ववन्धु भण्डारीले गुर्न भएको थियो । कार्यक्रममा विशेष अतिथि वरिष्ठ समाजसेवी दधिराज सुवेदी जनज्योति क्याम्पस भिमादका अध्यक्ष जित प्रकाश आले अतिथिहरु नेपाली काँग्रेस क्षेत्र नं. २ सभापति राजेन्द्र कृष्ण श्रेष्ठ निवर्तमान भीमाद गा. वि. स. अध्यक्ष काजिमान श्रेष्ठ पूर्व जि. वि. स. सदस्य कृष्ण कुमार श्रेष्ठ , नेकपा एमाले क्षेत्रिय सदस्य राजु खनाल, नेपाली काँग्रेस भीमादका सभापति आनन्द देव श्रेष्ठ एमाले भिमादका अध्यक्ष ध्रुवराज खनाल, माओवादी केन्द्रका धुर्वराज सुवेदी जनज्योति उ. मा. वि भिमादका प्राचार्य गणेश प्रसाद सुवेदी, त. उ. वा. संघ द्वितीय उपाध्यक्ष हस्त बहादुर खड्का बुद्धिविज नारायण कैलास सिग्देल, चन्द्र प्रकाश सुवेदी विभिन्न संघसंस्थाका प्रतिनिधि उम बहादुर थापा, मुनाफदिन मिया, बुद्धि माया थापा लागयतले शुभकामना दिनु हुदै पत्रिका साप्ताहिकबाट दैनिक तर्फ परिमार्जित गर्दै निडर र निष्पक्ष भएर विसङ्गति, विकृति विरुद्ध कलम चलाउन सुझाव दिनु भएको थियो । कार्यक्रम को सभापतित्व सम्पादक धुर्वराज सुवेदी र संचालन सह–सम्पादक लालु थापा मगरले गर्नु भएको थियो ।

Bihani Khabar Bhimad's photo.
Bihani Khabar Bhimad's photo.
Bihani Khabar Bhimad's photo.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here