पूर्व सभासदको नेतृत्वमा शहिद लखन ट्रस्ट !

0
287
पूर्व सभासदको नेतृत्वमा शहिद लखन ट्रस्ट ! फ।गुन ८, तनहुँ

पूर्व सभासद उर्मिला थापा मगरको नेतृत्वमा प्रथम शहिद लखन थापा मगर ट्रस्ट स्थापना गरिएको छ । तनहुँमा शनिबार बसेको मगर समुदायको भेलाले पूर्व सभासद मगरको नेतृत्वमा ट्रस्ट स्थापना गरेको हो ।प्रथम शहिद लखन थापा मगरको ट्रस्टको उपाध्यक्षमा सिद्धान्त थापा, सचिव दुर्गाबहादुर आले, कोषाध्यक्षमा बहादुर सिं थापा, सह–सचिवमा नन्दबहादुर थापा चयन भएका हुन् । त्यस्तै सदस्यमा मायादेवी राना, समुन थापा, सोलबहादुर चित्रौरे, पटकबहादुर थापा, रिमा आले, खिलबहादुर थापा चयन भएको बताइएको छ ।

प्रथम शहिद लखन थापाको मगरको सम्मान गर्नका लागि तनहुँमा उक्त ट्रस्ट स्थापना गरेको पूर्व सभासद थापामगरले बताइन् । ६ महिना भित्र ट्रस्टलाई वैधानिकता दिलाई सक्रिय बनाउने पूर्व सभासद समेत रहेकी मगरले भनिन् । वैधानिकता पाएसंगै ट्रस्टले शहिदको इतिहास राख्ने र जनजाति समुदायको संग्राहलय बनाउने समेत उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here