नेपाल मगर संघ, शुक्लागण्डकी नगर समिति, तनहुँको प्रथम वार्षिक उत्सव सम्पन्न

0
590

नेपाल मगर संघ, शुक्लागण्डकी नगर समिति,

तनहुँको प्रथम वार्षिक उत्सव सम्पन्न

magar-sgnc04२०७३ साल आश्विन १२ गते का दिन नेपाल मगर संघ, शुक्लागण्डकी नगर समिति, तनहुँको प्रथम वार्षिक उत्सव सम्पन्न भयो |   नेपाल मगर संघ, शुक्लागण्डकी नगर समिति, तनहुँका अध्यक्ष श्री खड्ग सिंह थापामगर ज्यूको सभापतित्वमा भएको सो कार्यक्रममका  नेपालमगर संघ केन्द्रिय उपाध्यक्ष श्री मन्धरी आले मगर ज्यु प्रमुख  अतिथि रहनु भएको थियो ।magar-association-shuklagandaki073वार्षिक उत्सवमा,  नेपाल मगर संघ, जिल्ला कार्य समितिका अध्यक्ष श्री सिद्धान्त थापा मगरज्यू , निवर्तमान  अध्यक्ष श्री झक सारु मगरज्यू  तथा पूर्व अध्यक्ष श्री इन्द्र बहादुर थापा मगरज्यू विशेष अतिथि रहनु भएको थियो ।  कार्यक्रम सचिव श्री सुमन आले मगरले संचालन गर्नु भएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष श्री होम माया थापा मगरले दिनु भएको थियो ।  लेखा संयोजक श्री जित बहादुर थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

shuklagandaki-municipality-accociation

khairenitar-tanahun-culture-dress

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here