तनहुँमा मगर शिक्षक संघ गठन !

0
370
फागुन ८, तनहुँ

नेपाल मगर शिक्षक संघ तदर्थ समिति गठन गरेको छ । मगर शिक्षकहरुको भेलाले मगर शिक्षक संघ तदर्थ समिति गठन गरेको हो । घाँसीकुवा स्थित सिदेश्वरी माविमा कार्यरत शिक्षक छविद्धिप आलेको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति चयन गरेको छ । मगर शिक्षक संघको उपाध्यक्षमा धिरेन्द्र थापा, सचिवमा शुम्भुलाल थापा, कोषाध्यक्षमा कमला थापा, सह–सचिवमा गिरमाया राना चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा भेद बहादुर थापा, सोमबहादुर थापा, प्रेमकुमार बाचे, चित्रबहादु थापा, लोकबहादुर थापा, कर्मसिं थापा, देउवबहादुर थापा, रामबहादुर आले, मुधसिं थापा, हरिकुमारी आले, गौरीशंकर थापा, रणबहादुर थापा चयन भएको मगर शिक्षक संघले जनाएको छ । नवकार्यसमितिलाई माओवादी केन्द्रका नेता सुरेश आले, पूर्व सभासद उर्मिला थापा, काग्रेसका नेता ताराराज राना, जीतप्रकाश आले, राष्ट्रिय जनमुक्ति पार्टीका नेता हस्तबहादु थापा, मगर संघ तनहूँका अध्यक्ष सिद्धान्त थापा मगर, नेपाल मगर शिक्षक संघ केन्द्रिय तदर्थ समिति सह–संयोजक नन्दबहादुर थापा लगायतले बधाई ज्ञापन गर्नुहुर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here