क्यान्सर पिडित देउ बहादुर थापा मगरले आर्थिक सहयोगको लागि व्यक्ति वा संघ संस्थालाई अपिल ।

0
555

 

पौष १३, दमौली तनहुँ , प्रेम थापा मगर । तीन छोरी र एक छोराका पिता साभुङ भगवतीपुर ६ ध्यानुङका ५२ 14218173_544369252434115_1188626751_nवर्षीय देउबहादुर वैदेशिक रोजगारीका लागि कतार पुगेको दुई वर्षमै नेपाल फर्कनुप¥यो । निम्नवर्गीय परिवारका थापा आफ्ना छोराछोरीको पढाई खर्चको जोहो गर्न कतार पुगेका थिए ।

खाडीमा गाडी चलाउँदै छोराछोरी पढाउने उनको सपना तब तुहियो जब उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको चिकित्सकले जानकारी दिए । एक्कासी पेट दुख्ने समस्या देखा परेपछि आत्तिएका देउबहादुर दोहाको सरकारी अस्पतालमा उपचार गराउन जाँदा त्यो समस्या ठुलै भएको थाहा पाए पछि छाँगाबाट खसेजस्तै भए । आन्द्रामा घाउ भएको चिकित्सकमार्फत थाहा पाएका उनको निजी खर्चबाट उपचार सम्भव थिएन ।
सरकारी अस्पतालमा पालो कुर्दा एक वर्ष लाग्ने भए पछि छँदाखाँदाको जागिर छाडेर देउबहादुर नेपाल फर्किए । कतार छँदा जोडेको केही पैसा बोकेर स्वदेश उपचारका लागि फिरेका उनले काठमाडौंको ओम अस्पतालमा चिकित्सकलाई देखाए पछि अल्सरको समस्या भएको थाहा पाए ।
तत्काल अपरेशन गर्नुपर्ने चिकित्सकको सल्लाहपछि काठमाडौं झर्नासाथ केही दिनमै उनको अपरेशन पनि भयो । चिकित्सकले अपरेशनका क्रममा उनको आन्द्रामा प्वाल परेको र यो क्यान्सरको पहिलो चरण भएको बताएपछि उनी झनै चिन्तित बने । केही दिनको उपचारका क्रममा तीन लाख रुपैयाँ सकाएका देउबहादुरले क्यान्सरबाट निको पाउन १२ पटक केमोथेरापी गर्नुपर्ने सल्लाह पाएका छन् ।
आफुले ल्याएको सबै पैसा अपरेशनमै सकेका देउबहादुरसामु अब अरु उपचार कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । ‘एक पटक थेरापी गरेको ५० हजार लाग्ने रहेछ १२ पटकसम्म गर्दा छ लाख र औषधीसमेत जोड्दा सात आठ लाख सम्म खर्च पुग्ने देखिएको छ ।
‘मैले मेरो सबैथोक उनीहरुकै पढाइका लागि सकें,’ उनले भने,‘अब म आफै उपचार गराउन नसक्ने भएको छु । उनीहरुको हालत के होला रु’ समयमा उपचार पाए आफु निको हुने विश्वास बोकेका देउबहादुर आफुलाई निको भएमा जसरी पनि कमाएर छोराछोरी पढाउन सक्ने आत्मविश्वासमा छन् । तर त्योभन्दा पहिले उनलाई त्यो अवस्थासम्म पु¥याउनका लागि योग्य बनाउन भने सुभेच्छुक सहयोगीको आवश्यकता परेको छ । म कमाउन सक्ने भएँ भने सबैले गरेको सहयोगको ऋण तिर्नेछु,’ भावुक हुँदै उनले भने । देउ बहादुरले विभिन्न संघ संस्थाहरुमा पनि सहयोगको लागि अपिल गर्नु भएको छ ।

तपाईको सानो सहयोगले उहाँको जिवन बाच्न सफल हुन्छ भने कृपया कुनै व्यक्ती वा संघ संस्थाहरुले उहाँलाई आर्थिक रुपमा सहयोग गर्न सक्नु हुनेछ । त्यसको लागि यो खाता नं. र फोन नं. दिइएको छ ।

खाता वालाको नाम : Pushpa Thapa
खाता नं. 00720300121897000001
मुक्तिनाथ बैंक लि. साखा कार्यालय दमौली तनहुँ

सम्र्पक नं. ९८१७१३४९८७, ९८०६५२०७८१ ( छोरी पुष्पा थापा मगर )

3 1233455 21221656 211561616

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here